नारायणी अस्पतालका मेसु डा. एस.के ठाकुरको कर्तुत बाहिरियो, सरकारी अस्पतालका बिरामीलाई विभिन्न बहानामा निजी क्लिनिकमा सिफारीस गर्दै

नारायणी अस्पतालका मेसु डा. एस.के ठाकुरको कर्तुत बाहिरियो, सरकारी अस्पतालका बिरामीलाई विभिन्न बहानामा निजी क्लिनिकमा सिफारीस गर्दै

  • सोमवार, मंसिर २९, २०७७
  • दिपक चौरसिया

  • 20.7K
    SHARES

पर्सा, २९ मंसिर । नारायणी अस्पतालका मेसु डा. एस. के ठाकुरको कर्तुत बाहिर आएको छ । नारायणी अस्पतालमा कार्यरत सबै कर्मचारीलाई समयावधि भरी कार्यालय भित्र रहि सेवा गर्न निर्देशन दिएपनि आफै आफ्नो निजि क्लिनीकमा ब्यस्त रहेको पाइएका छन । वीरगंज स्थित रहेको नारायणी अस्पतालमा बिहान एक पटक जाने गरेको त्यस पश्चात आफ्नो नीजि क्लिनकमा ब्यस्त हुने गरेको पाइएको हो ।
तत्काल मेसु डाक्टर मदन उपाध्यायले काज फिर्ता लिनसाथ नारायणी अस्पतालको मेसु डाक्टर संजय ठाकुरलाई पठाइएको थियो । तर नारायणी अस्पतालमा ठाकुर आउनसाथ आफ्नो मनोमानी ढंगले अस्पताललाई प्रयोग गर्दै आइरहेको कर्मचारीहरु बताउछन । डाक्टर संजय ठाकुरले आफ्नो कार्यकालमा बिभिन्न किसिमको सेवा सुविधा थपिएको आफ्नै समाजिक संजाल मार्फत जानकारी गराउदै आएका छन । तर वास्तविक्ता चाहि नारायणी अस्पतालका मेसु पदमा रहेका ठाकुरले उपचारको लागी जाने गरेको बिरामीहरुलाई आफ्नै क्लिनीकमा बोलाउने गरेको रहस्य बाहिरिएको हो ।
समाजिक संजालको माध्यमले आफ्नो प्रचार प्रसारमा लागेका डाक्टर संजय ठाकुरले नीजि क्लिनीकमा व्यस्त रहेका छन भने अस्पतालको दिन प्रति दिन ध्वस्त हुदै गएको अस्पताल श्रोतले जनाएको छ । नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई आफ्नो नीजि स्वार्थका कारण ललाई फकाई गरी आफ्नो नीजि क्लिनीकमा बोलाउने गरेको प्रमाण समेत यस अनलाइनलाई प्राप्त भएको छ ।
नारायणी अस्पतालको हाल विभागीय प्रमुख तथा मेसु डाक्टर संजय ठाकुर दुइ वटा पदमा रहेका छन । तर नारायणी अस्पताललाई आफ्नो कमाई खाने थल्लो बनाउदै गएका छन । आफ्नो क्लिनीक चलाउन डाक्टर ठाकुरले नारायणी अस्पतालबाट बिरामीको बिलमा आफ्नो छापको प्रयोग गरी नीजि क्लिनीकमा बोलाएको बिषयमा प्रमाण फेला परेको हो । राजनीतिको आडमा नारायणी अस्पताललाई प्रयोग गर्दै आएका डाक्टर ठाकुरको कार्यशैलीले गर्दा कर्मचारीहरु समेत असन्तिुष्ट देखिएका छन । समाजिक संजालमा आफ्नो प्रचार प्रसारमा जुटेका डाक्टर ठाकुरले बिगतको दिनमा भइरहेको सोडियम पोटासियम चेकजाच हालको समयमा नभएको अस्पताल श्रोतले बताएको छ ।

No description available.
बिगतको दिनमा सोडियम पोटासियमको साथै रक्तजाच चेकजाच समेत हुने गरिन थियो तर बिगत ४ महिनादेखी उक्त किसिमको चेकजाच समेत प्रभावित भएको छ । आफ्नो कमिसन पकाउनको निम्ति बिरामीलाई बाहिर चेकजाच गराउनको निम्ति पठाउने र आफ्नो नीजि क्लिनीकमा उपचारको लागी बोलाउने गरेको कर्मचारी श्रोतले दावी गरेका छन । एक चिकित्सक डा मनोज गुप्ताको, कोभिडमा काम गरेको सिफारिस दिन १८ दिन लागेको चिकित्सकले बताए । एउटा स्वास्थय क्षेत्रमा काम गरिरहेका डाक्टरको सिफारिस समेत गर्नबाट पछि हटने डा.ठाकुरले नागरिक्ता प्रकरणमा समेत हुल हुज्जत गरेको श्रोतको दावी रहेको छ ।

एक अर्को प्रसङ्गमा सो अस्पतालको सर्जरी बिभाग प्रमुख डा खालिद हसनको छोरीको नागरिकता बनाउनु पर्ने हुँदा ,सिफारिसको लागि जादा हुलहुज्जत नै भएको श्रोतले दावी गरे । सताको आडमा स्वास्थय सम्बन्धी बिरामीको जिवन संग खेलवाड गर्दै आएका यस्ता कर्मचारी माथि सम्बन्धीत निकायको ध्यान जान  अवाश्यक देखिन्छ ।

No description available.

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ