मंसीर २९ काठमाण्डौं । सरकार बिरुद्ध भ्रष्टाचार, कोरोना महामारी नियन्त्रण गर्न असफल रहेको जस्ता विभिन्न नारा दिएर काँग्रेसले आज सडकमा शक्ति प्रदर्शन गर्र्दैछ ।
आज देशै भरी ७७ वटै जिल्लामा काँग्रेसका पदाधीकारी सहित सबै केन्द्रीय नेताहरुको नेतृत्वमा नै प्रदर्शन हुने काँग्रेसले जनाएको छ ।
आज साढे १२ बजे पछि हुने कार्यक्रममा सभापति शेर बहादुर देउवा मकवानपुर जाने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौको नेतृत्व गर्नेछन् ।
यस्तै अन्य पदाधीकारी, पूर्व पदाधीकारी सहित केन्द्रीय सदस्यहरुलाई विभिन्न जिल्लाको प्रदर्शनको अगुवाई गर्न जिम्मेवारी दिईएको छ ।
मंसीर १७ गते तनहुँमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखे पछि काँग्रेस अझ आक्रोसित बनेको छ । सरकार सर्वसत्तावादी भएको काँग्रेसको आरोप छ ।
वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालार्ई सम्बोधन गर्ने कार्यक्रम छ । महोत्तरी जाने तयारीमा रहेका नेता कृष्णप्रसाद सिटौला भने कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा छन् । यस्तै, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
काँग्रेस सभापति शेर बहादुर देउवाले एक अपील जारी गरी प्रदर्शनमा मास्क लगाएर आउन र सामाजिक दुरी कायम गर्न समेत आव्हान गरेका छन् ।
यस्ता छन् सरकार बिरुद्ध काँग्रेसको अपील :