जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार गर्ने भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? देउवा

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार गर्ने भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? देउवा

  • आइतवार, मंसिर २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

मंसीर २८ काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भोली सरकार बिरुद्ध हुने प्रदर्शनमा मास्क लगाएर आउन र सामाजिक दुरी कायम राख्न आव्हान गरेका छन् ।
आज एक अपील जारी गर्दै देउवाले कोरोना कहरलाई ख्याल राखेर स्वास्थ्य मापदण्ड पालना गर्न आव्हान गरेका हुन् ।
सरकार बिरुद्ध भोली काँग्रेसले देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्ने तयारी गरेको छ ।
भोलीको प्रदर्शन भव्य बनाउन पनि देउवाले अपील गरेका छन् ।
सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको उनले बताए ।
“जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? देउवाले भनेका छन् ।

देउवाले अब सडकबाट पनि काँग्रेसले शसक्त खबरदारी गर्ने र सदनबाट पनि खबरदारी गर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ