उखु किसानहरुकाे काठमाडाैंमा, आजबाट आन्दोलित हुँदै

उखु किसानहरुकाे काठमाडाैंमा, आजबाट आन्दोलित हुँदै

  • आइतवार, मंसिर २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौं, २८ मंसिर । चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका उखु किसानहरु आजबाट आन्दोलित हुँदैछन् । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आईसकेका छन् ।

उखु किसानहरुले लिनुपर्ने ९० करोडभन्दा बढी रकम उठाउन किसानहरुले आन्दोलन घोषणा गरेका हुन् ।

देशभरबाट एक हजार बढी उखु किसान काठमाडौंमा भेला भएर पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी छ ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले आजबाट वार कि पारको आन्दोलन सुरु भएको बताउनुभयो ।

किसानहरुले पाउनुपर्ने रकम पाएपछि मात्रै घर फर्किने उल्लेख गर्दे उहाँले सहमतिका नाममा कागज गरेर फर्किने अवस्था नभएको बताउनुभयो ।

यसअघि २३ कात्तिकमा पनि काठमाडौं आएका उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको थियो ।

नगदे बालीका रूपमा परिचित उखु खेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् ।

किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको किसानहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ