नेकपाको स्थायी समितिको बैठक आज बस्दै, ओली जाने नजाने अनिश्चित

नेकपाको स्थायी समितिको बैठक आज बस्दै, ओली जाने नजाने अनिश्चित

  • आइतवार, मंसिर २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, मंसिर २८ । नेकपा स्थायी समितिको बैठक आज बस्दै छ । आजको बैठक धुम्बाराही स्थित पार्टी कार्यलयमा बस्ने छ । बैठकमा कार्तिक २८ गते अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन आरोप पत्र भन्दै त्यसमा छलफल हुन नसक्ने र खारेज हुनु पर्ने माग गर्दै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिएनन् भने २१ गतेको बैठकमा पत्र लेखेका थिए ।
ओलीले पनि मंसीर १३ गतेको बैठकमा जवाफी प्रतिवेदन लेखेका थिए । अधिकाश नेताहरु दुबै प्रतिवेदनमाथि छलफल हुनु पर्ने पक्षमा रहेका छन् ।

आजको बैठकमा सोही कारण प्रधानमन्त्री ओली जाने नजाने निश्चित भईनसकेको स्रोतले जनाएको छ ।
उक्त दुवै पत्रलाई स्थायी कमिटीको प्रस्ताव, एजेन्डा र कार्यसूची बनाउनुपर्ने दाहाल–नेपाल समूहले प्रस्ताव गरिरहेपनि ओलीले अस्वीकार गरीरहेका छन् ।
ओली उपस्थित नभए पनि प्रचण्ड माधव पक्ष स्पष्ट बहुमतमा रहेककाले बैठक सञ्चालन हुने र निर्णय गर्दै अघि बढ्ने पक्षमा नेताहरु रहेका छन । ओली सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका छन् । नेकपा केन्द्रीय समितिको बैठक पुष ५ गते बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ