सरकार बिरुद्ध सडकमा शक्ति देखाउने तयारीमा काँग्रेस, देउवाले हेटौडाको प्रदर्शनको नेतृत्व गर्ने

सरकार बिरुद्ध सडकमा शक्ति देखाउने तयारीमा काँग्रेस, देउवाले हेटौडाको प्रदर्शनको नेतृत्व गर्ने

  • शनिबार, मंसिर २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

मंसीर २७ काठमाण्डौं । बेला बेला सदन अबरुद्ध गर्नु बाहेक प्रतिपक्षको भूमिका सरकारलाई दबाब दिन प्रभावकारी नरहेको र निरीह प्रतिपक्षी भनेर आलोचना खेपेको काँग्रेसले अब भने सरकार बिरुद्ध शक्ति प्रदर्शन गर्ने भएको छ ।
सरकार बिरुद्ध बढ्दो असन्तुष्टी र सडकमा राजावादीहरु समेत ठूला प्रदर्शन गर्दै अघि बढे पछि काँग्रेस बल्ल तातिन लागेको हो ।
खास गरी मंसीर १७ गते प्रहरीले तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखे पछि काँग्रेस थप आक्रोसित बनेको छ ।
यही सिलसिलामा काँग्रेसले सरकारका कृयाकलापको बिरोधमा २९ मंसीरमा ७७ वटै जिल्लामा प्रदर्शनको घोषणा गरेको छ । सबै कार्यकर्तालाई प्रदर्शनमा उत्रन काँग्रेसले अपील गरेको छ ।
कसले कँहा गदैछन् संवोधन ?
सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै संवोधन गर्नेछन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा संवोधन गर्नेछिन् ।
यस्तै झापामा प्रकाशशरण महत , काभ्रेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, धनुषामा पूर्वमहामन्त्री प्रकाशमान सिंह, महोत्तरीमा कृष्णप्रसाद सिटौला, सप्तरीमा चित्रलेखा यादव, चितवनमा रामशरण महत , पोखरामा अर्जुननरसिंह केसी, कैलालीमा गगन थापा, कन्चनपुरमा प्रदीप पौडेल, अछाममा एनपी साउद लगायतले प्रदर्शनको नेतृत्व गर्नेछन् ।

ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै काँग्रेस शक्ति प्रदर्शनको तयारीमा जुटेको हो ।

काँग्रेसले तय गरेका नाराहरु तलको विज्ञप्तिमा हेर्नुस् :

सरकारविरूद्ध २९ गतेको सडक प्रदर्शनमा कांग्रेस नेताहरु देशैभर पुग्ने, देउवा मकवानपुर, गगन कैलाली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ