नेकपा भित्र गुटगत गतिविधि बढ्यो

नेकपा भित्र गुटगत गतिविधि बढ्यो

  • शुक्रबार, मंसिर २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

मंसीर २६ काठमाण्डौं । नेकपा भित्र एकता कायम हुनुको साटो गुटगत गतिविधि बढेको छ । पार्टी अध्यक्ष पनि नछाड्ने र प्रधानमन्त्री पनि नछाड्ने त्यसका लागि बरु बहुमत पुर्याउन कहिले वामदेव गौतम, कहिले माधव नेपाल र कहिले प्रचण्डलाई आस्वासन दिने गरे पनि यस पटक ओलीको आस्वासन तिर तीनै जना नेता लागेका छैनन् ।
पछिल्लो समय बालुवाटारमा प्रचण्ड ओलीबीच छलफल भए पनि प्रचण्डले अहिल्यै धोका दिएकाले भविष्यको कुरा नगर्न चेताएको सार्वजनि भएको थियो ।
वामदेव गौतमलाई पनि विभिन्न आस्वासन दिए पनि अहिले गौतम पनि ओलीतिर फकिएका छैनन् भने महाधिवेशन पछि पार्टीको नेतृत्व लिन जस्ता आस्वासन दिए पनि माधव नेपाल पनि ओलीसगँ विस्वस्त भएनन् ।
माधव नेपाल त अझ शुरु देखि नै एक व्यक्ति एक पदको पक्षमा रहदै आएका थिए ।

यस बीचमा मदन भण्डारी फाउन्डेशनका नाममा ओली पक्षले गतिविधि गरीरहेको छ भने प्रचण्ड माधव पक्षले पनि जनवर्गीय संगठन र वागमती प्देशमा अलभ भेला र छलफल गरेर आफ्नो समुह बलियो बनाउने रणनीतिमा लागेका छन् ।
बिहिबार प्रचण्ड माधव समुहले कोटेश्वर पेरिसडाँडामा प्रचण्ड माधव पक्षका बागमति प्रदेशका जिल्ला तहका नेताहरु सहभागी थिए ।

भेलाको संयोजन वाग्मती प्रदेश कमिटी ईन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले गरेका थिए । भेलामा दाहाल–नेपाल निकट जिल्ला इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव दर्जनौं सहभागी थिए ।

स्थायी कमिटिको बैठक बस्नु अघि दुबै पक्ष आ आफ्नो पक्षको भेला र छलफलमा व्यस्त देखिएका छन् । स्थायी कमिटी बैठक मंसिर २८ मा बस्दैछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ