विश्वराज पोखरेल एआईजीमा बढुवा, आइजीपी हुने बाटो खुल्यो !

विश्वराज पोखरेल एआईजीमा बढुवा, आइजीपी हुने बाटो खुल्यो !

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमाडौं, २५ मंसिर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।  मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएसँगै पोखरेल भावी प्रहरी महानिरीक्षक (आइजीपी)का एक्ला दाबेदार बनेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा भएपछि पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारीमा अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पाललाई पठाईएको छ ।

पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ पोख्रेलकै लागि एउटा एआईजीको दरबन्दी थपेको थियो ।

बुधबार राज्य व्यवस्था समितिको छलफलमा सहभागी गृहमन्त्री थापाले गृह मन्त्रालयले ५ वटा डीआईजीको दरबन्दी मात्र थप्न प्रस्ताव गरेको बताएका थिए । तर, मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थपेको बताएका थिए ।

छलफलमा सहभागी सत्तारुढ सांसदहरुले पनि एआईजीको दरबन्दी थप गर्ने निर्णयको विरोध गरेका थिए ।पोख्रेललाई भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएको हो ।त्यस्तै, मन्त्रिपरिषद्को बैठकले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ