मंसीर २५ काठमाण्डौं । नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिको मार्गमा आउन अपील गरेको छ । देउवा निवासमा आज बसेको पदाधीकारी एवं पूर्व पदाधीकारीको बैठकले यस्तो अपील गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई कडा कार्बाहीको माग गर्दै यस्तो अपील गरेका हुन् ।
यस्तै बैठकले मंसीर २९ गते देशव्यापी सरकार बिरुद्ध हुने प्रदर्शनमा भाग लिन कार्यकर्ताहरुलाई निर्देशन दिने पनि निर्णय गरेको छ । २९ मंसीरमा काँग्रेसले देशभर शसक्त प्रदर्शनको तयारी गरेको छ । ७७ जिल्लाको प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline