कानको सानो सुनको मुन्द्रा चोर्न ६ बर्षीया बालिकाको अपहरण पछि हत्या, १९ वर्षे युवती पक्राउ

कानको सानो सुनको मुन्द्रा चोर्न ६ बर्षीया बालिकाको अपहरण पछि हत्या, १९ वर्षे युवती पक्राउ

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

मंसीर २५ रसुवा । कानको सानो मुन्द्रा चोर्नका लागि रसुवामा एक ६ बर्षे बालिकाको अपहरण पछि हत्या भएको खुलेको छ । ररसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेको आरोपमा १९ वर्षे युवती पक्राउ परेकी छिन् । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबारदेखि हराए पछि परिवारले दिएको उजुरीका आधारमा प्रहरीले खोजी शुरु गरेको थियो ।

खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको प्रहरीले बताएको छ । बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको पाईएको थियो ।

बालिकाको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । उनले बयानका क्रममा बालिकाको हत्या गरेको स्वीकार गरेकी छन् ।

बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरीले कसी क्रुर तरिकाले हत्या गरी लुकाइछिपाइ राखेको पाइएको प्रहरीले जनाएको छ ।
सपना यस अघि पनि पटक पटक सुन चोरी मुद्धामा पक्राउ परीसकेको पाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ