विप्लव नेकपामाथि कडा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन, हतियार सहितको सुरक्षा गस्ती बढाईयो

विप्लव नेकपामाथि कडा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन, हतियार सहितको सुरक्षा गस्ती बढाईयो

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

मंसीर २५ काठमाण्डौं । मोरङको मिक्लाजुङ १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेर विप्लव नेतृत्वको नेकपाले हिंशात्मक गतिविधि बढाउने संकेत दिएको भन्दै सरकारले सो पार्टीमाथि निगरानी र नियन्त्रणका लागि निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहितको छलफलमा गृहमन्त्री राम बहादुर थापाले व्यक्ति हत्या र हिंशामा लागेको भन्दै नियन्त्रण र निगरानीका लागि थप कडाई गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।
यो निर्देशन लगत्तै देशभरका प्रहरी कार्यलयहरुबाट हतियार सहितको गस्ती गर्न प्रहरी प्रधान कार्यलयले परिपत्र गरीसकेको छ ।
निर्देशनसगँै नेकपाको प्रभाव क्षेत्रहरुमा गस्ती समेत बढाईसकिएको बताईएको छ ।
मिक्लाजुङ घटनामा संलग्नको खोजीका लागि पनि ब्यापक मात्रामा प्रहरी परिचालन गर्न प्रहरी महानिरीक्षक शैलेश थापाले निर्देशन यस अघि नै दिईसकेको बुझिएको छ ।
गत मंगलबार मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ सुराकी रहेको र प्रतिकारमा मृत्यु भएको नेकपाले विज्ञप्ति जारी गरेर दाबी गरेको थियो ।
देशभरबाट २०७५ साल फागुण २८ मा प्रतिवन्ध लगाएको सरकारले हाल सम्म करीब २ हजार नेता कार्यकर्तालाई नियन्त्रणमा लिईसकेको छ । त्यस मध्य स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सहितका केही जेलमा रहेका छन् भने केही हिरासतमा रहेका छन् । धेरै जसो अदालतको आदेश पछि रिहा भईसकेका छन् ।
प्रहरीले नेकपाका नेता कार्यकर्ता पक्राउ गर्ने कार्य जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ