मंसीर २५ काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ४६ सालको को परिवर्तन पछि मुल्य मान्यता को राजनीति अन्त भएको बताउनु भएको छ राजनीति लाई सेवा भावले गरिनु पर्ने मा कमाउ पेसा बने को प्रति चिन्ता ब्यकत गरेका छन् ।
अहिले मूल्य मान्यता भन्दा पनि पावर मनि मसल को प्रयोग हुनु निकै दुखद रहेको र जनतामा निरासा छाएको सिंहले बताए ।
आज काठमाडौं ३१ का इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा बोल्दै नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघियताको अनुकूल नभएको बताए ।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक निकायको व्यवहार गरेको भन्दै बिरोध जनाए ।
सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाई रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै उनले १३ ओै महाधिवेशनपछि कांग्रेस कमजोर भएको टिप्पणी गरे । १४ ओै महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य नबिन्द्र राज जोशी, काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ ,काठमाण्डौं क्षेत्र नं १ का प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ ,क्षेत्रीय सभापति प्रकाश बिक्रम राणा महासमिति सदस्य सुरज चन्द्र लामिछाने ले स्व कोईरालाको भूमिकाबारे चर्चा गरेका थिए ।