काठमाडौं मंसीर २४ । लामो अन्तरविरोध र चर्काचर्कीका बीच आपसी छलफल अबरुद्ध भएका बेला आज फेरी प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच फेरी संवाद शुरु भएको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच डेढ घण्टा छलफल भएको छ । कार्तिक २८ गते प्रचण्डले ल्याएको एकल प्रस्तावमा ओली बिरुद्ध विभिन्न आरोप लगाएको भन्दै त्यो प्रतिवेदनको जवाफी प्रतिवेदन मंसीर १३ गते ओलीले पेश गरेका थिए ।
त्यस पछि ओलीले प्रचण्डको सो प्रस्ताव खारेज हुनु पर्ने माग गर्दै बैठकमै आउन छाडेर स्थायी समितिलाई पत्र लेखेका थिए ।
त्यस पछि दुबै प्रस्तावमा छलफल हुने स्थिति देखिएको थियो । यही पृष्टभूमिमा दुई नेताबीच आज संवाद भएको हो ।
दुबै नेताबीच आगामी मंसीर २८ गते बस्ने स्थायी समितिको बैठकका बारेमा पनि छलफल भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline