उर्लाबारीको सन्थाल जातिको एकिकृत बस्ती निर्माण अध्ययन टोली बस्ती पुग्यो

उर्लाबारीको सन्थाल जातिको एकिकृत बस्ती निर्माण अध्ययन टोली बस्ती पुग्यो

  • बुधबार, मंसिर २४, २०७७
  • एक महिनाभित्र योजना बन्ने

  • 10.5K
    SHARES

काठमाडौं । शहरी विकास मन्त्रालयले उर्लाबारी स्थित सन्थालजातिको एकिकृत बस्ति निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी पठाएको छ । टोलीमा शहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति,कृष्णप्रसाल तिमिल्सिना, डा. केदार दाहाल र निलमणी मिश्र रहनुभएको छ ।
टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी एकमहिनाभित्र मन्त्रालयलाई बुझाउने छ । उक्त टोलीलाई निर्देशन दिदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरुलाई व्यवस्थित र एकिकृत बस्तीमा बसाउने सरकारको लक्ष्य अनुसार काम अघि बढाउनुपर्ने बताउनु भयो ।
भन्नुभयो–हामीले जस्तो योजना बनाउन खोजेका छौ, सोही अनुसार अध्ययन गर्नुस, हतारमा काल्पनिक योजना नबनाउनुस, सबै सरोकावालसंग समन्वय गरेर प्रतिवेदन तयार गर्नुस । उहाले स्थलगत निरीक्षण गरी बस्ती बिकास गर्दा उनीहरुको संस्कृतिमा कुनै असर नपरोस भन्नुभयो । राणाहरुले अफ्रिकाबाट नेपाल भित्र्याएको भनिएको यी जातिको उत्थानका लागि सरकारले कुनै कसर बाकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो–तपाईहरुले गरेको यो अध्ययनले सरकारलाई सन्थाल जातिको एकिकत र व्यवस्थित बस्ती विकास गर्न सहज पुग्नेछ ।
निर्देशन दिने क्रममा सचिव डा। रमेश प्रसाद सिंहले स्थानीय सरकारको समन्वयमा बस्ती विकासको लागि पुर्वाधार निर्माण गर्ने स्थान पहिचान गर्ने,सुरक्षित बस्ती मापदण्ड अनुसार निर्माण गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाले भन्नुभयो–योजना बनाउदा जातिको आय आर्जन, उनीहरुको छोराछोरीको शिक्षा र स्वाथ्य लगायतका विषयमा ध्यान दिएर मात्र बिस्तृत योजना तयारी गर्नुस । उहाले स्थानीय निर्माण समाग्री प्रयोग गरी किफायती ढंगले निर्माण गर्नेगरी परियोजना तयार गर्न निर्देशन दिदै यस्को लागि प्रदेश योजना आयोगसंग समेत समन्वय गरेर काम गर्नुस भन्नुभयो ।

टोलीले आज बुधबारबाट काम थालेको छ । टोलीमा स्थानीय निकाय अधिकारी, विज्ञ, प्रदेश योजना आयोगका अधिकारी समेत सहभगि हुनेछन् । टोलीले एक महिनाभित्र विस्तृत अध्ययन प्रतिबेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ ।

No description available.
यही मंसिर ९ गते मन्त्री कृष्ण गोपाल श्रेष्ठ र सचिव डा रमेशप्रसाद सिंह सहितको टोलीले सन्थालबस्तीको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले समे दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालबस्तीलाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न आग्रह गरेपछि मन्त्री श्रेष्ठ उर्लाबारी स्थित बस्तीको अवलोकन गर्न पुग्नुभएको थियो ।
उर्लाबारीको नगरपालिका –८ स्थित नदी किनारामा रहेको सन्थाल जातिको प्रस्ताबित एकिकृत बस्तीको अवलोकन पछि शहरी मन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकिकृत बस्ती विकास गर्ने जानकारी दिनुभएको थियो ।
बस्तीमा बसेका करिब ७० घर परिवारको दयनीय अवस्था देखेपछि आफुसंगै अवलोकनमा आएका सचिव सहितको टोलीलाई मन्त्री श्रेष्ठले तत्काल एकिकृत बस्ती बिकास गर्न निर्देशन दिनुभएको थियो ।
नदीउकास क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीलाई तत्काल व्यवस्थित बस्तीको रुपमा विकास गर्न अनिवार्य भएपछि मन्त्रालयले टोली पठाएको मन्त्री श्रेष्ठको भनाई छ । मन्त्री श्रेष्ठले बस्तीमा पुगेर उनीहरुको अवस्थाबारेृ जानकारी लिनुभएको थियो ।
लोपोन्मुख र सिमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने बताउदै सचिव डा। सिहले सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्ताबित एकिकृत बस्तीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिनुभयो ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी