पर्सामा प्रहरीकै छेउमा जुवाको खालः यसरी खेलिदैछ कौडा(भिडियो सहित )

पर्सामा प्रहरीकै छेउमा जुवाको खालः यसरी खेलिदैछ कौडा(भिडियो सहित )

  • बुधबार, मंसिर २४, २०७७
  • -दिपक चौरसिया

  • 17.4K
    SHARES

मंसीर २४ पर्सा । पर्सा जिल्लाको बहुदरामाइ नगरपालिका वडा नम्बर १ स्थित प्रहरीको नजिकै जुवाको खाल सन्चालन भएको पाइएको छ । बहुदरामाइ नगरपालिका वडा नम्बर १ बिश्रामपुर टोलमा जुवाको खाल सन्चालन भएको पाइएको हो । नजिकै रहेको प्रहरीले कुनै कार्बाही नगर्नुले प्रहरीको समेत संरक्षण रहेको अनुमान गरिएको छ ।
प्रदेश नम्बर २ को एक मात्र पत्रकार टिमले स्थानीयले दिएको सुचनाको अधारमा स्टीगं अप्रेसन गरेको थियो । पत्रकार टिमले आइतवार राती बिश्रामपुर पुगे पश्चात् स्थानीय इदरिस भनिनेको घरमा जुवाको खाल सन्चालन भएको पाइएको थियो । रबिन्द्र महतो कोइरी भनिनेले घर भाडामा लिइ जुवा खेल सन्चालन गर्दै आएको जनाइएको छ ।
जुवाको खाल सन्चालनको निम्ति स्थानीय प्रहरी चौकी लगायत जिल्ला प्रहरी कार्यालयसम्म रकम जाने गरेको कुरा समेत प्रष्ट भएको थियो । प्रहरी प्रशासनलाई मासिक निश्चित पैसा बुझाए पश्चात् निर्धक रूपले जुवा खेलाउदै आइएको स्थानीयले बताए । स्थानीयहरूका अनुसार प्रहरी प्रशासनको साथ साथै केही पत्रकारलाइ भाग बन्डा समेत गएको बताए । प्रहरी प्रशासनको साथ साथै पत्रकारलाइ मिलाउनको निम्ति बिचौलियालाइ चयन गरिएको बताएका छन ।
स्थानीय प्रहरी चौकी बहुअर्वाभाठा, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साको लागि निश्चित पैसा जाने गरेको दाबी गरिएको छ ।  पत्रकारको टिमलाई मिलाउनको लागि कुनै पत्रकारकै बिचौलियालाइ चयन गरिएको बताएका छन । पत्रकार टिमलाइ मिलाउनको लागि निश्चित पैसा जाने गरेको स्थानीयले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।
एक जना जुवाडेका अनुसार नेपालको विभिन्न ठाउँ लगायत भारतबाट समेत जुवाडे आउने गरेको बताए । प्रहरी प्रशासनलाई मासिक लाखौ बुझाए पश्चात् निर्धक भइ खेल हुने गरेको कारण आफुहरू खेल खेल्ने गरेको बताए । प्रती दिन करोडौ बराबरको कौडा हुने गरेको बतए । पैसाको प्रलोभनमा प्रहरी कर्मचारीले नै जुवालाई खुलेआम छुट दिनुलाई नागरिकले सकारात्मक रुपमा लिएका छैनन् ।
बिश्रामपुरमा खेलाइरहेको जुवाको बिषयमा पटक पटक जिल्ला प्रहरी प्रमुख लगायत क्राइम टोलिमा खबर गरेपनी केही वास्ता नगरेको देखिन्छ भन्दै स्थानीयले बताए । प्रहरी प्रशासनले रकम नखाए बिगत ३ महिना देखि कौडा खेलाइरहेपनी केही वास्ता नगर्नु कारण के होला भन्दै प्रश्न समेत गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ