मंसीर २३ काठमाण्डौं । नेपालमा आज १३ सय ८१ जना कोरोना संक्रमित फेला परेका छन् । ८ हजार ९४७ जनाको परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।
यस्तै मंगलबार एकैदिन १६ सय २१ जना कोरोना जीतेर डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ। कोरोना निको हुनेको दर ९४.१ प्रतिशत हो।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ६८६ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline