मोरङ मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या

मोरङ मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

मंसीर २३ मोरङ । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा एक शिक्षकको गोली हानेर हत्या भएको छ । मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।
श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । उनलाई बिहान अपहरण गरेर जंगलमा लगेर हत्या गरिएको बताईएको छ ।
प्रहरी अझै घटनास्थलमा पुगिनसकेको खबर छ । हामीलाई ९ बजेतिर खबर प्राप्त भयो, मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले भन्नुभयो–घटना भएको स्थानमा हालसम्म पनि प्रहरी पुगेको छैन । उर्लाबारी र टाँडीबाट हिडेको टोलि समेत भर्खरै रमितेमा पुगेको प्रवक्ता थापाले बताउनु भयो । प्रहरीले नेत्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण पछि शिक्षकको हत्या गरेको आशंका गरिएको जनाएको छ । यद्यपि, सो पार्टीले कुनै प्रतिकृया सार्वजनिक गरेको छैन । घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक थापासहितको टोलि समेत घटनास्थलतर्फ लागेको छ ।
मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले अज्ञात समुहले शिक्षकलाई अपहरण गरेको केही समयमै हत्या भएको जानकारी आएकाले आफूहरु घटनास्थलतर्फ जाँदै गरेको बताए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ