मंसीर २३ काठमाडों । पधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । संसदमा प्रतिनिधत्व गर्ने दलका शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।
समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पार्टी भित्र पनि आफू अप्ठेरोमा परेको र बाहिर पनि सरकार बिरुद्ध आन्दोलन बढ्दै गएका बेला प्रधानमन्त्रीले छलफल आव्हान गरेका हुन् । पछिल्लो समय राजावादीहरुको प्रदर्शन बढ्दै गएको छ ।
आज प्रधानमन्त्रीले राख्ने एजेण्डा बाहेक काँग्रेसले पनि आफ्नो बिषय उठाउने भएको छ ।
सभापति देउवाले शीर्ष नेतासगँ छलफल गरेर एजेण्डा टुंगो लगाएका हुन् ।
नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने बताए ।