आज प्रधानमन्त्रीको आव्हानमा सर्वदलीय बैठक बस्दै

आज प्रधानमन्त्रीको आव्हानमा सर्वदलीय बैठक बस्दै

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मंसीर २३ काठमाडों । पधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्बदलीय बैठक बस्दै छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक हुन लागेको हो ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पार्टी भित्र पनि आफू अप्ठेरोमा परेको र बाहिर पनि सरकार बिरुद्ध आन्दोलन बढ्दै गएका बेला प्रधानमन्त्रीले छलफल आव्हान गरेका हुन् । पछिल्लो समय राजावादीहरुको प्रदर्शन बढ्दै गएको छ ।
आज प्रधानमन्त्रीले राख्ने एजेण्डा बाहेक काँग्रेसले पनि आफ्नो बिषय उठाउने भएको छ ।
सभापति देउवाले शीर्ष नेतासगँ छलफल गरेर एजेण्डा टुंगो लगाएका हुन् ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ