रौतहट बम काण्डः पूर्व मन्त्री आलमका भाई भारतबाट पक्राउ

रौतहट बम काण्डः पूर्व मन्त्री आलमका भाई भारतबाट पक्राउ

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

मंसीर २२ रौतहट । ६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको घटना प्रकरणका दोषी भनिएका पूर्व मन्त्री मोहम्मद अफ्ताव आलमका भाई मोहम्मद महताव आलमलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ ।
भारतको मोतीहारीबाट हिजो उनलाई पकाउ गरिएको प्रहरीले जनाएको छ । कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब फरार भएर बसेका थिए ।

२०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दाका तत्कालीन सासंद तथा पूर्व मन्त्री आलम आफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी कारागार पठाए पछि मुद्दाका बाकी अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ । यसै क्रममा भारत बिहारको मोतिहारी बाट प्रदेश प्रहरीको टोलिले महताबलाई पक्राउ गरेको हो ।
असोज १७ गते राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं। प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको थियो ।
२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं। २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ