मंसीर २२ काठमाण्डौं । मंसीर २० गते राजतन्त्र पुनस्थापनाको माग गर्दै माईतीघरमा प्रदर्शन भयो । झापामा राप्रपाको नेतृत्वमा प्रदर्शन । पछिल्लो समय राजावादीहरुको प्रदर्शनमा अलि बढी भीड देखिन थालेसगैँ शसंकित बनेको सरकारले राजावादीहरुको प्रदर्शन रोक्न सर्कुलर गरेको थियो । त्यसका बीच पनि प्रदर्शन भयो । आउने दिनमा पनि प्रदर्शनहरु हुने राजतन्त्र पुनस्थापनाको माग गर्दै सडकमा आईरहेका संघ संस्थाहरुले बताएका छन् ।
यही २० गतेको प्रदर्शन अघि केही अनलाईनहरुले राजावादीको आन्दोलनमा विप्लवले बम हान्ने समाचार छापिए । स्पष्ट स्रोत बिना प्रकाशित ती समाचारहरु सत्तारुढ नेकपाकै केही नेताहरुले लेखाएको हुन सक्ने दाबी नेकपा निकट स्रोतले जनाएको छ ।
नेकपा भित्र आन्तरीक किचलो बढेका बेला राजावादीको आन्दोलन चर्किदा नेकपाका नेताहरुलाई केही असह्य भएकाले त्यस्तो समाचार लेखाएको हुन सक्ने अनुमान स्रोतको छ ।
यस बिषयमा कुरा गर्दा सम्पर्कमा आएका एक नेकपाका नेताले आधिकारीक रुपमा नेकपाले त्यस्तो समाचार लेखाउने काम नगरेको तर कतिपयले व्यक्तिगत रुपमा गराएको होला, मलाई थाहा छैन भन्ने प्रतिकृया दिए ।
उता विप्लव नेतृत्वको नेकपाले भने सरकार बिरोधी कुनै पनि आन्दोलनमा हस्तक्षेप गर्ने वा बम हान्ने भन्ने हल्ला भ्रामक भन्दै खण्डन गरेको छ । पार्टीको मुखपत्र रातोखबरले केन्द्रीय कार्यलयको आधिकारीक धारणाको रुपमा उक्त समाचार प्रकाशित गरेको छ ।
नेकपामाथि सरकारले प्रतिवन्ध लगाएका कारण पनि सरकार बिरोधी आन्दोलनमा हस्तक्षेप गर्ने वा वम हान्ने भन्ने कुरा नहुने विप्लव नेकपाका नेताहरुको दाबी छ ।
सो पार्टी निकट स्रोतले पनि सरकारी मान्छेहरुले नै यो प्रायोजित हल्ला चलाएको आशंका प्रकट गरेका छन् ।