नमोबुद्धका मेयर शर्माको नेतृत्वमा भकुण्डेवेशीबाट वेवारीसे व्यक्तिको यसरी गरियो उद्धार (तस्वीर सहित )

नमोबुद्धका मेयर शर्माको नेतृत्वमा भकुण्डेवेशीबाट वेवारीसे व्यक्तिको यसरी गरियो उद्धार (तस्वीर सहित )

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

भकुण्डे–नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको नेतृत्वमा अन्य जनप्रतिनिधि र स्थानीय समाजसेवीको पहलमा उनलाई उद्धार गरी मानव कल्याण समाज काभ्रे शाखामा पठाइएको छ । अन्दाजी ६० बर्षका ती वृद्ध भकुण्डे क्षेत्रमा मागेर हिँड्ने गर्दथे । भारतको महाराष्ट्र घर बताउने उनको स्वास्थ्य उपचारको व्यवस्था नगरप्रमुख तिमल्सिनाको पहलमा मेथिनकोट अस्पतालमा हुने गरेको थियो । नगर प्रमुख तिमल्सिनाले उनलाई लत्ताकपडा लगायतको व्यवस्था गरिदिएका थिए । पछिल्लो समय मेथिनकोट अस्पतालमै उपचारको क्रममा रहेका उनी केही दिनयता फेरि अस्पतालबाट निस्किएर सडकमा आइपुगेका थिए ।
ती वृद्धको उद्धारका लागि नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, समाजसेवी शंकर गिरी, प्रहरी चौकी भकुण्डेको टोली समेत खटिएको थियो । स्थानीय समाजसेवी गिरीले लामो समयदेखि उनलाई खानपानमा सहयोग गर्दै आएका थिए । गिरी लगायतको टोलीको नेतृत्वमा उनलाई केही दिनअगाडि मेथिनकोट अस्पतालमा उपचारका लागि लागिएको थियो ।
आइतबार साँझ मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंसहितको टोली भकुण्डे पुगेर उनलाई धुलिखेलस्थित समाजको सेवाघरमा ल्याइएको छ ।

अब उनको खानपानदेखि सबै व्यवस्था उक्त सेवाघरबाट हुने अध्यक्ष चौलागाईंले बताइन् । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र भोलीबाटै थप उपचारका लागि प्रक्रिया सुरु गरिने चौलागाईंको भनाई छ । मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा २५ जना रहेका छन् भने केन्द्रीय कार्यालयमा ५० जनाले आश्रय लिइरहेका छन् । सडकमा बेवारिसे अवस्थामा पुगेकालाई पुनस्र्थापना गर्ने र अन्य मानिसलाई सडकमा जान नदिन विभिन्न कार्यक्रमहरु समाजले गरिरहेको छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले ती वृद्धको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । बेसहारा व्यक्तिका लागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र अबका दिनमा पनि सहयोग जारी राख्ने तिमल्सिनाले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी