मंसीर २१ काठमाण्डौं । नेपालमा आज १०९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर ७८ वटा प्रयोगशालामा ६४९५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ नेपालमा कुल संक्रमित २ लाख ४० हजार ९८१ पुगेको छ । उपत्यकामा ४८४ जना संक्रमित देखिएका छन् ।
यसै गरी पछिल्लो २४ घण्टामा १७ सय ५२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सगेँ संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल संक्रमितको ९७.७ प्रतिशत हो ।
देशभरी सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ । संस्थागत आईसोलेसनमा ५ हजार १२१ जना मात्र रहेका छन् भने अन्य होम आईसोलेसनमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline