स्थगित भयो नेकपा स्थायी कमिटी बैठक, मंसिर २८ मा पुनः बस्नेः केन्द्रीय कमिटी बैठक पनि सर्‍यो

स्थगित भयो नेकपा स्थायी कमिटी बैठक, मंसिर २८ मा पुनः बस्नेः केन्द्रीय कमिटी बैठक पनि सर्‍यो

  • आइतवार, मंसिर २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २१ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक मंसिर २८ सम्मलाई स्थगित भएको छ ।
आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक एक हप्तासम्मलाई स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको प्रवक्ता नारायणाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको श्रेष्ठले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।

पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ