मंसीर २१ काठमाण्डौं । आफ्नो निर्देशन वा भनाई लागू नहुने वित्तिकै कहिले सचिवालय कहिले स्थायी समितिको बैठक छाड्दै आएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पनि स्थायी समितिको बैठक बहिष्कार गरेका छन् ।
प्रचण्डले कार्तिक २८ गते ल्याएको प्रस्ताव आफू बिरुद्धको आरोप पत्र भएको भन्दै सो फिर्ता हुनु पर्ने माग गर्दै आएका ओली हिजोको सचिवालयको बैठकमा उपस्थित भए पनि आजको बैठकमा नगएका हुन् ।
यद्यपि, सचिवालयमा उनलाई साथ दिदै आएका ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने बैठकमा सहभागी छन् । स्थायी समितिमा पनि ओली अल्पमतमा रहेका छन् ।
ओली बाहेक अन्य नेताले प्रचण्ड र ओलीले मंसीर १३ मा पेश गरेको दुबै प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने माग गर्दै आएका छन् । बैठक धुम्बाराही स्थित पार्टी मुख्यालयमा शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline