पर्सा, २१ मंसिर / वीरगंजको मुटु मानिने घण्टाघर नजिकै रहेको सुवर्ण मन्दिरको ३ कठा १५ धुर जग्गा भु माफियाले कब्जा गरेको छ । मन्दिरको जग्गा भु माफियाले कब्जा गरी केही जग्गा अतिक्रम गरिएको छ भने केही जग्गा निजिकरण समेत बन्न पुगेको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको घण्टाघर नजिकै पानीटंकी सडकमा पर्ने सुवर्ण मन्दिरको जग्गा बारे स्थानीयले बिरोध गरे पश्चात भु माफिया बारे रहस्य खुलेको छ । भु माफियाले मन्दिरको जग्गा अतिक्रमण गरेर आफ्नो नीजि निर्माणको निम्ति जग खन्न साथ स्थानीयले बिरोध गरेका हुन । स्थानीयले जनाए अनुसार राणशाहीकालमा निर्माण भएको मन्दिरको जग्गा भु माफियाले अतिक्रमण गरेर जग खनेपनि स्थानीय प्रहरी प्रशासनले उल्टै अतिक्रण्म गर्ने व्यक्तिहरुलाई सहयोग गरेको स्थानीयले बताएका छन । भुमाफिया र केही दलालको भरमा राणशाही कालमा दिएको मन्दिर निर्माणको लागी जग्गा पाच पाच चोटी खरिद बिक्रि भएको समेत खुलासा भएको छ । २०४९ सालमा राणशाहले मन्दिरको लागी दिएको जग्गा २०५१ सालदेखी २०५६ सालसम्म मात्र खरिद बिक्रि भएको छ । तर भातिक संरचना निर्माण हुन नसकेको स्थानीयले बताएका छन । २०५६ सालमा खरिद गरेको जग्गाधनि नसिमा खातुनको छोरा जौवाद आलमले आफुहरु उक्त जग्गामा जग खन्दा वडा अध्यक्षले रोक्का गरेको बताए । उनका अनुसार आफैले खरिद गरेको जग्गामा वडा अध्यक्षले भौत्तिक संरचना निर्माण गर्न नदिएको भन्दै दुखेसो पोखे ।

२०४९ सालमा अनुदानको लागी दिएको जग्गा भु माफिया र केही दलालका कारण ५÷५ चोटी बिक्रि बितरण भइसकेको प्रमाण समेत फेला परेको छ । बिक्र संवत २०५१ सालदेखी २०५६ सालसम्म प्रथममा रतन कुमार शर्मा, दोश्रो चोटीमा मुर्लीधर शर्मा, तेश्रो चोटीमा आशादेवी अग्रवाल, चौथो चोटीमा केही जग्गा राखेर केही जग्गा बासुदेव अग्रवाल र पाचौ चोटीमा नसिमा खातुन संग बिक्रि बितरण भएको खुल्न आएको छ । स्थानीयका अनुसार कुनैपनि सार्वजनिक ठाउका जग्गा ७ बर्षपछि किताकाट गर्न मिल्दैन तर केही भुमफियाले गर्दा निजिकरण हुन पुगेको जग्गा कुनैपनि हालतमा अतिक्रमण गर्न नदिने बताएका छन । उनिहरुले जबरजस्ती मन्दिरको जग्गा अतिक्रम गरे हामी छुप लागेर नबस्ने बताएका छन ।

फर्जी कागज बताई स्थानीय प्रहरी प्रशासनको सहयोगमा रातारात घरको जग खनिदा स्थानीय वडा अध्यक्षले रोक्का समेत गरेका थिए । स्थानीय जनप्रतिनिधिले भने पश्चात जगको काम रोकिनु परेको तर भोलिपल्ट दुई समुह बिच झडप हुने सम्भावना बढी देखिएको थियो । झडपमा स्थानीय प्रहरुी प्रशासनको व्यापक उपस्थित रहेको थियो । तर प्रहरी प्रशासनले पनि उल्टै कब्जा गरेका भुमाफियालाई संरक्षण गरिरहेको स्थानीयले आरोप लगाए । स्थानीय वडा अध्यक्ष राजकिशोर गुप्ताका अनुसार सबै फर्जी कागजको नक्कल निकाली आए पश्चात रोक्का गराएको बताए । तर आफुहरु नक्कल निकाली रोक्का गराएपनि स्थानीय प्रहरी प्रशासनको सहयोगमा जबरजस्ती जगको काम सुचारु गरेको आरोप लगाए । उनका अनुसार गुन्डागर्दी शैलीमा मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भएको आरोप लगाए ।
पर्सा जिल्लामा बढदै गएको भु माफियाका कारण दिन प्रति दिन मठ मन्दिरको जग्गा अतिक्रमणा हुदै गएको छ । भु माफियाको बिगबिगी समेत स्थानीय प्रहरी प्रशासनकै फितलो काम कारवाहीले मौलाउदै गएको छ । जसका कारण वीरगंज लगायत वरीपरी क्षेत्रका वासिन्दाहरु अक्रान्त बन्न पुगेका छन । भारत बस्दै आएका भारतीय नागरिक समेत नेपालमा प्रवेश गरी प्रशासनकै सहयोगमा नागरिकता समेत निकाल्न लगाएर करोडौको सम्पती आर्जन गर्न सफल भएकोले भ्रष्टाचारमा प्रहरी प्रशासन समेत संलग्न रहेको प्रमाणित गर्दछ । मन्दिरको जग्गा मध्ये ७ धुर जग्गा नसिमा खातुनले अतिक्रमण गर्न खोजेको नक्कली कागजातले प्रष्ट पारेको छ । तसर्थ ः यस्ता भ्रष्ट कर्मचारी र भु माफियालाई समयमै लगाम नलगाए आउने दिनमा भु माफियाको मनोबल बढनुको साथै सम्पूर्ण मठ मन्दिरको जग्गा अतिक्रमण नहुन भनिन्न सकिदैन ।



