मंसीर २१ काठमाण्डौं । नेकपा भित्र बहुमत अल्पमतको स्थितिबाट पार्टी गुज्रने स्थितिमा पुगे पछि आफ्नो पक्षमा तान्न प्रधानमन्त्री ओलीले गरेको अनेकौँ प्रयासका बीच पनि वामदेव गौतम नआए पछि ओली पक्षका नेताहरुले गौतमलाई व्यग्य गर्न थालेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले फेसबुकमा यो कस्तो ? तस्वीर काफी छ भन्ने बामदेव गौतमले गृहमन्त्री भएका बेला सडकमा जाम भए पछि जेब्राक्रसको साटो डोरी नाघ्दै गरेको तस्वीर सार्वजनिक गरेका छन् । यो तस्वीर केही बर्ष अघि नै सञ्चार माध्यमहरुमा प्रकाशित थिए ।
यसलाई प्रचण्ड,माधव र गौतम पक्षका नेताहरुले ब्यग्यको अर्थमा बुझेका छन् । यो ओली पक्षमा गौतम नउभिएकोले यस्तो लेखिएको अनुमान ती नेताहरुको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline