काठमाडौँ , २० मंसिर ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने टुंगो भएको छ ।
शनिबार सचिवालय बैठक बलुवाटारमा बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
श्रेष्ठले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि बैटकमा कुनै निष्कर्ष नआएको बताए । उनले दुई अध्यक्षबीचको छलफल जारी रहने बताए।
सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरेका थिए। दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बैठक बसेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline