करीब ६० लाख जनताका लागि कोरोनाको खोप ल्याउने तयारीमा सरकार, कहाँबाट ल्याउने अझै लागेन टुंगो

करीब ६० लाख जनताका लागि कोरोनाको खोप ल्याउने तयारीमा सरकार, कहाँबाट ल्याउने अझै लागेन टुंगो

  • शनिबार, मंसिर २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

मंसीर २० काठमाण्डौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताउनुभयो । उहाँले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिनुभयो । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।
“खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन”, उहाँले भन्नुभयो, “खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ ।”

प्रमुख डा शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी ९रसिया०, मोडेर्ना ९अमेरिका०, ग्यामेलिया ९रसिया० र अक्सफोर्ड एक्ट्राजेनिका ९बेलायत० कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् ।

उहाँले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो । “खोपको अन्तिम परीक्षण पछि हामी नेपालमा खोप ल्याउनेगरी तयारी गरिहेका छौँ”, उहाँले भन्नुभयो, “खोप अन्तिम परीक्षण सफल भयो भने नेपालमा पनि खोप आउँछ ।” विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।

नेपालमा अहिलेसम्म दुई लाख ३८ हजार ८६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख २१ हजार ८४७ निको भएका र एक हजार ५६७ को निधन भइसकेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ