कोरोना भाईरस चीनबाट नफैलिएको अमेरीकी अनुसन्धानकर्ताहरुकै निष्कर्ष

कोरोना भाईरस चीनबाट नफैलिएको अमेरीकी अनुसन्धानकर्ताहरुकै निष्कर्ष

  • शनिबार, मंसिर २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

एजेन्सी मंसीर २० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाईरस फैलाएको, चीनीया भाईरस, वुहान भाईरस भनेर टिप्पणी गरे पनि अमेरीकी अनुसन्धानकर्ताहरुले नै कोरोना भाईरस चीनबाट नफैलिएको निष्कर्ष निकालेका छन् ।
डिसेम्बर ३१, २०१९ मा कोरोना भाईरसको पहिलो नमुना चीनमा भेटिएको थियो ।
त्यो आधिकारीक रुपमा घोषित भए पनि त्यस अघि नै कोरोना संक्रमितहरु अमेरीकामा भेटिएको अनुसन्धानले पुष्टी गरेको शोधमा भनिएको छ ।
चीनमा देखिनु पुर्व धेरै साता अघि नै यो भाईरसले संकमण गरीसकेको सो अध्ययनको निष्कर्ष छ । अमेरीकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पिभेन्सन(सिडिसी) का वैज्ञानिकहरुले गरेको शोध क्लिनिकल ईन्फेक्सियस डिजिजमा पकाशित छ ।
उक्त शोध अनुसार अमेरीकाको तीन राज्यको ३९ जनामा कोरोना भाईरससँग सम्बन्धित एन्टीबडीज पाईएको छ । यो कोरोना भाईरस घोषित हुनु दुई साता अघिको कुरा हो । यद्यपि, अमेरीकामा २१ जनवरी, २०२० मा कोरोनाको पहिलो घोषित केस दर्ता भएको थियो ।
१३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० भित्र ७ हजार ३८९ जनाले रक्तदान गरेका थिए । त्यस मध्य एक सय ६ जनामा कोरोनाको एन्टीबडिज पाईएको थियो । क्यालिफोर्निया, ओरेगान र वासिंग्टनमा ती एन्टीबडीज देखा परेको थियो ।
यसरी भाईरसको सम्पर्कमा आउने मध्य अधिकांश पुरुष रहेको पनि शोधमा देखिएको छ । ती संक्रमितहरुमा कोरोना भाईरसको लक्षण समेत देखिएको पनि समाचारमा उल्लेख छ ।
अमेरीकाको आफनै अनुसन्धानले पनि चीनले कोरोना भाईरस फैलायो भन्ने अमेरीकी राष्ट्रपति टम्प र उनको प्रशासनको प्रचारलाई यो अनुसन्धानले स्वयं खण्डन गरको छ । विश्वभर ६ करोडमाथि कोरोना संकमित पुगेको छ भने १५ लाख बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी