नेकपाको सचवालय आज पुनः बस्ने जालान त ओली बैठकमा ?

नेकपाको सचवालय आज पुनः बस्ने जालान त ओली बैठकमा ?

  • शनिबार, मंसिर २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, मंसिर २० । चरम आन्तरीक विवादका बीच गुजिरहेको नेकपाको सचिवालयको बैठक आज पनि बस्दै छ । दिँउसो १ बजे बैठक बस्ने तयारी भएको छ । यस अघिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । उनले आफू बिरुद्ध लक्षित गरेर ल्याईएको प्रचण्डको प्रस्ताव खारेज हुनु पर्ने अनि मात्रै छलफल हुने भन्दै बैठक छाडेका हुन् ।
त्यस पछि पटक पटक ओली निकटका नेताहरुले प्रचण्डसगँ छलफल गर्दै दुबै प्रस्ताव हटाएर साझा प्रस्ताव ल्याउन र ओलीसगँ संवाद गर्न प्रचण्डलाई अनुरोध गरिरहे पनि प्रचण्डले दुबै प्रस्ताव माथि छलफल हुनु पर्ने अडान राखेका छन् । यस्तै माधव नेपाल पक्ष पनि प्रस्तावहरुमाथि छलफल गर्नु पर्ने अडानमा रहेका छन् ।
यस अघि घोषणा गरे जस्तो प्रस्ताव फिर्ता नभए ओली बैठकमा आउने नआउने अझै निश्चित भईनसकेको स्रोतले बताएको छ ।
ओली सहभागी नभए पनि या भए पनि बैठक बसाल्ने तयारी प्रचण्ड माधव पक्षले गरेका छन् ।

एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छ्ुट्टै राजनीतिक प्रस्ताव अघि सारेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको नयाँ विकल्पबारे छलफल नै नगरी तीन दिनअघि स्थगित गरिएको बैठकमा शनिबार छलफल हुन लागेको हो ।

दुवै अध्यक्षका प्रस्तावलाई मिलाएर विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागिपरेपनि शीर्ष नेताहरुको अडानका कारण अपेक्षाकृत परीणाम आउन सकेको छैन ।

यही मंसिर १७ गते बसेको सचिवालय बैठकपछि ओली र दाहालबीच औपचारिक संवाद नभएपनि ओलीले आफ्ना सहयोगीमार्फत दाहालसँग छलफल गरीरहनुभएको छ ।

उहाँले पार्टी एकताको मर्मअनुसार सहमतिमै दुवै अध्यक्षको मत आउनुपर्ने भन्दै दाहाललाई दवाव दिइरहनुभएको छ ।

यता दालल पक्षका नेताहरुले भने बैठकमा दुवै प्रस्ताव पेश भइसकेकाले छलफलबाटै निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन् ।

दाहालले प्रधानमन्त्री समस्या समाधानका लागि आफू सच्चिने भए बैठकमै उपस्थित भएर छलफल हुनुपर्ने अडान लिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ