प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा कोही पनि कोरोना महामारीबाट अछुतो नरहेको भन्दै कोरोना बिरुद्धको खोप सबैका लागि सुनिश्चित हुनु पर्ने अपील गरेका छन् ।
सयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं बिशेष अधिवेशलाई जुममार्फत संवोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पँहुच सुनिश्चित हुनु पर्ने र खोप अत्याधिक मुनाफा कमाउने माध्यम बन्न नहुनेमा जोड दिए ।
कोरोना महामारीक केवल स्वास्थ्य संकट मात्र नभएर यसले अर्थतन्त्र र समाजमा पनि नराम्रो प्रभाव परेको संकेत गदै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
शून्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्य अनुरुप अघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे ।