सम्झनाका हत्या मुद्धामा रहेका राजेन्द्र बोहरा अस्पतालबाट झ्याल फोरेर राति नै भागे

सम्झनाका हत्या मुद्धामा रहेका राजेन्द्र बोहरा अस्पतालबाट झ्याल फोरेर राति नै भागे

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

मंसीर १९ डोटी । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा अस्पतालबाट राति नै भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा बोहरालाई राखिएको थियो ।
बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी जनक पाण्डेले बताए ।
कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । अहिले बोहराको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको बयान दिएका थिए ।
बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले विद्यालयको रेकर्डमा रहेको जन्ममितिलाई आधार बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ