प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजीका बीच पौडेलले आज गरे तनहुँमा पुलको उद्घाटन

प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजीका बीच पौडेलले आज गरे तनहुँमा पुलको उद्घाटन

  • बिहिबार, मंसिर १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

मंसीर १८ तनहुँ । हिजो विवाद र झडपमा कारण स्थगित भएको तनहुँको ब्यास नगरपालिका स्थित बुल्दीखोलाको पुल आज पुनः काँग्रेस बरिष्ठ नेता पौडेलले उद्घाटन गरेका छन् ।
तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्न जाँदा प्रहरीद्धारा हिजो पक्राउ गरिएका पौडेलले आज पुल उद्घाटन गर्न सफल भएका हुन् ।

पौडेलले पुल उद्घाटन गर्ने भएपछि त्यसको विरोधमा बुधबार नेकपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए भने उद्घाटन रोक्न कै लागि स्थानीय प्रशासनले निषेधाज्ञा समेत लगाएको थियो ।

प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिई तीन घण्टापछि मात्र छाडेको थियो । आज संयौ कार्यकर्ताले प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजी गर्दै गएर पौडेलले पुल उद्घाटन गरी छाडेका हुन् ।
पुल उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेता पनि सहभागी थिए ।
२०७३ सालमा बनाउन शुरु गरिएको पुल २०७५ सालमा निर्माण सम्पन्न भए पनि नेकपा र काँग्रेसको विवादका कारण उद्घाटन हुन पाएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ