पुलिसको डन्डाबाट पेलिएर मेरो करङ बेस्सेरी दुखिरहेको छ : वरिष्ठ नेता पौडेल

पुलिसको डन्डाबाट पेलिएर मेरो करङ बेस्सेरी दुखिरहेको छ : वरिष्ठ नेता पौडेल

  • बिहिबार, मंसिर १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

मंसीर १८ काठमाण्डौं । तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा नेकपाका कार्यकर्ताले अबरोध गरे पछि प्रहरीले नियन्त्रणमा लिएर रिहा भएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको पेलानले आफ्नो करङ हिजो भन्दा आज बेस्सरी दुखीरहेको गुनासो गरेका छन् ।
उनले ट्वीटरमा पोष्ट लेख्दै पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । भनेका छन् ।
सडकमै धर्ना बसेका पौडेललाई प्रहरीले उठाएर तान्दै जबरजस्ती भ्यानमा राखेको काँग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् ।
सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।
पौडेलले भनेका छन् ।
पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखिएकोमा विभिन्न दलका नेताहरुले आपत्ति जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ