तीन घण्टा प्रहरीको हिरासतमा बसे पछि काँग्रेसका बरिष्ठ नेता पौडेल रिहा

तीन घण्टा प्रहरीको हिरासतमा बसे पछि काँग्रेसका बरिष्ठ नेता पौडेल रिहा

  • बुधबार, मंसिर १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौँ मंसीर १७ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तनहुँमा प्रहरीद्धारा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेसका अन्य नेता कार्यकर्ता पनि रिहा भएका छन् ।
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले दिँउसो गिरफ्तार गरेको थियो । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले टिप्पणी गरेका छन् ।

सो पुल उद्घाटनका क्रममा पुगेका पौडेललाई अवरोध गर्न नेकपाले प्रदर्शन गरेको र त्यस क्रममा दुई पक्षबीच झडप हुने स्थिति आए पछि सुरक्षाका लागि पौडेललाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ