मंसीर १७ काठमाडौँ । नेपालमा आज ४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज घण्टामा ८ हजार ३०० पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी २४ घण्टामा १ हजार ५६७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ जना पुगेका छन् ।
त्यसैगरी २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline