काठमाडौँ , १७ मंसिर ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठक प्रभावित बनेको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिता जनाउन आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी कमिटिको बैठक प्रभावित भएको हो ।
ओलीले बैठकमा सहभागिता जनाउने प्रतिबद्धता जनाएपनि अन्तिम समयमा सहभागी नभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनी बैठकमा सहभागी हुने प्रतिवद्धता नै आएर बुधबार १ बजेका लागि तय भएको सचिवालय बैठक २ बजेका लागि सारिएको थियो । तर सो बैठकमा पनि ओली नआएपछि बैठक मंसिर २१ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । यस्तै १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पनि श्रेष्ठले जानकारी दिए ।
ओलीलाइ दाहाल नेपाल लगाएतका नेताहरुले ओलीलाइ ३ दिनको अल्टिमेटम दिएका छन् । त्यसपछि पनि बैठक छल्न खोजे आवश्यक निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।