ओलीले पुनः पार्टी बैठक नआउने जनाउ दिए, के होला आजको सचिवालय ?

ओलीले पुनः पार्टी बैठक नआउने जनाउ दिए, के होला आजको सचिवालय ?

  • बुधबार, मंसिर १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

मंसीर १७ काठमाण्डौं । नेकपा भित्र एक पछि अर्को गर्दै अल्पमतमा पर्दै गएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आजको सचिवालयको बैठकमा आउन अस्वीकार गरेका छन् ।
उनले हिजोको बैठकमा झोक्किदै प्रचण्डको प्रस्ताव नभई आरोप पत्र हो भन्दै त्यसमा छलफल हुन नसक्ने भने पनि अरु नेताले छलफल हुनु पर्छ भने पछि ओली लभगभ एक्लो परेका थिए । उनलाई बचाउ गर्ने महासचिव विष्णु पौडेल मात्र देखिएका थिए ।
त्यस पछि उनले अब बैठकमै नआउने जनाउ दिएका छन ।
कार्तिक २८ गते प्रचण्डले ल्याएको प्रतिवेदनमा आफूमाथि आरोप लगाईएको भन्दै ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन ल्याएका थिए ।
यसले नेकपा भित्रको बिबाद सुल्झिने अझै कुनै संकेत दिएको छैन ।
सचिवालयको बैठक आज दिउसो १ बजेका लागि बोलाईएको छ । ओली नआए पछि बैठक बस्ने या नबस्ने या प्रचण्डले अध्यक्षता गरेर अघि बढाउने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहेको एक नेताले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ