मंसीर १६ काठमाण्डौं । आन्तरीक विवादको चरम स्तरमा रहेको नेकपाको सचिवालयको आजको बैठक पनि तनावपूर्ण रहेको स्रोतले बताएको छ । आजको बैठकमा शुरुमा प्रचण्डले शुरुवात गरेका थिए । त्यस पछि उनले अर्का अध्यक्ष केपी ओलीलाई बोल्न भने । त्यस पछि झोक्किदै अध्यक्ष ओलीले, के हो एजेण्डा ? त्यो पूर्वाग्रही आरोप पत्र हो, लाञ्छाना पत्र हो यसमा छलफल गर्न सकिदैन । बैठक बस्न सक्दैन भने पछि केहीबेर बैठकमा तनाब भयो । स्रोतले भन्यो ।
प्रचण्डले प्रतिवाद गर्न खोज्दा खोज्दै पनि ओलीले बोल्नै नदिए पछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बोल्नै नपाउने हुन्छ ? बोल्न पाउनु पर्छ भन्दै प्रतिवाद गरे पछि प्रचण्डलाई बोल्ने मौका दिन ओली तयार भएका थिए ।
आजको बैठकमा ओलीलाई महासचिव विष्णु पौडेल बाहेक अरुले साथ दिएनन् । प्रचण्डको प्रस्तावमाथि छलफल गर्न सकिने आशय ईश्वर पोखरेल र राम बहादुर थापाले पनि राखेका थिए । ओली लभभग सबै जसो सचिवालय सदस्यले दबाब दिए पछि बैठक जारी राख्न बाध्य भएका थिए ।
त्यस पछि आफू बोल्ने क्रममा प्रचण्डले मैले ल्याएको प्रस्ताव बारे छलफल गर्ने नगर्ने पार्टीले भन्ने हो, तपाईले भन्ने हैन भन्दै ओलीको प्रतिवाद गरेका थिए ।
प्रचण्डले कर्णालीमा सरकार फेर्ने प्रयास गरिएको प्रकरण,बीरगञ्जमा पार्टीकै कार्यकर्ता मुकेश चौरासीयाको हत्या प्रकरण र रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको बिषयमा प्रश्न उठाउदै यस विषयमा छलफल गर्न तयार नभए पछि पाँच जना सचिवालय सदस्यले पत्र लेखेको प्रष्ट पारेका थिए । दुबै प्रस्तावमाथि छलफल हुने भए पछि अर्को बैठक बुधबार दिउसो १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।