भोजपुर ।
भोजपुरमा स्व . सरिता श्रेष्ठको नाममा अक्षय कोषको स्थजापना भएको छ । भोजपुरको आमचोक गाउँपालिकाकी २१ वर्षिया सरिता श्रेष्ठको कलिलै उमेरमा भएको निधनलाइ मनन् गर्दै उक्त कोषो स्थापना भएको श्रेष्ठकी पति कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्व . श्रेष्ठको उपचारको क्रममा कात्ति २१ गते निधन भएको थियो ।
भोजपुरस्थीत आमचोक गाउपालिको वडा नं ९ को श्री सरस्वती मा .बी मा आइतबार कोषको स्थापना भएको हो । आइतबार एक लाख १ अजार १ सय ५५ रुपैया बराबर रकमको अक्षय कोषको स्थापना भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउपालिकाका अध्यक्ष अशोक राइले एक सिर्जनशील कार्य गरेको र श्रेष्ठको चिर शान्तिको कामना गर्दै उनको नाममा स्थापना भएको अक्षय कोषको क्षय हुन नदिने समेत बताउनुभएको छ ।
गाउको अपांग , जेहेन्दार तथा मेहेनेती विद्यार्थिहरुलाइ सहयोग हुनेगरी उक्त कोषको स्थापना भएको समाजसेवी श्याम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।