धुम्बराहीमा सुरक्षा खतरा भन्दै नेकपाको सचिवालय बैठक बालुवाटारमै शुरु

धुम्बराहीमा सुरक्षा खतरा भन्दै नेकपाको सचिवालय बैठक बालुवाटारमै शुरु

  • मङ्लबार, मंसिर १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

मंसीर १६ काठमाडौं । नेकपाको सचिवालयको बैठक आज पुनः बसिरहेको छ । आज १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भनिए पनि गृहमन्त्रालयले सुरक्षा थ्रेट रहेको सुझाए पछि बैठक बालुवाटारमै सारिएको स्रोतले बताएको छ । अधिकाशं नेताहरु बैठक धुम्बाराहीमै बस्नु पर्ने पक्षमा रहे पनि महासचिव विष्णु पौडेलले अन्तिम समयमा गृहको सुझाव अनुसार बैठक बालुवाटारमै बस्नु पर्ने बताएको बुझिएको छ । बैठक बालुवाटारमै सारिए पछि अन्य केही सदस्य भने असन्तुष्ट बनेको स्रैोतले बताएको छ ।
गृहले के खतराको सुझाव दिएको थियो भन्ने सार्वजनिक भएको छैन । कार्तिक २८ मा प्रचण्डले ओलीमाथि विभिन्न आरोप सहित एक्लै पेश गरेको प्रतिवेदनको काउन्टरमा ओलीले पनि प्रचण्डमाथि विभिन्न आरोप लगाउदै मंसीर १३ गते अलग प्रतिवेदन पेश गरेका थिए ।
सबै सचिवालय सदस्यको हातमा दुबै प्रतिवेदन पुगेर अध्ययन गरीसकेका छन् । यसमा धेरै जसो अन्य नेताहरुले यी दुबै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव ल्याउनु पर्ने माग गरेका छन् ।
ओलीले पनि प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै फिर्ता हुनु पर्ने बताएका छन् । आज बहुमत सचिवालय सदस्यले राख्ने धारणाका आधारमा प्रतिवेदनबारे टुंगो लाग्न सक्ने अनुमान गरिएको छ । कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो ।

दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेकोलगायतका आरोप लगााउनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गर्नुभएको थियो । ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ