मंसीर १६ काठमाडौं । नेकपाको सचिवालयको बैठक आज बस्दै छ । आज १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्तिक २८ मा प्रचण्डले ओलीमाथि विभिन्न आरोप सहित एक्लै पेश गरेको प्रतिवेदनको काउन्टरमा ओलीले पनि प्रचण्डमाथि विभिन्न आरोप लगाउदै मंसीर १३ गते अलग प्रतिवेदन पेश गरेका थिए ।
सबै सचिवालय सदस्यको हातमा दुबै प्रतिवेदन पुगेर अध्ययन गरीसकेका छन् । यसमा धेरै जसो अन्य नेताहरुले यी दुबै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव ल्याउनु पर्ने माग गरेका छन् ।
ओलीले पनि प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै फिर्ता हुनु पर्ने बताएका छन् । आज बहुमत सचिवालय सदस्यले राख्ने धारणाका आधारमा प्रतिवेदनबारे टुंगो लाग्न सक्ने अनुमान गरिएको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो ।
दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेकोलगायतका आरोप लगााउनुभएको थियो ।
त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गर्नुभएको थियो । ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााउनुभएको छ ।