अमेरीकाको पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भनेर राखिएको भ्रामक सामाग्री सच्याईयो

अमेरीकाको पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भनेर राखिएको भ्रामक सामाग्री सच्याईयो

  • सोमवार, मंसिर १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ ।
नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो ।
समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो । समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गर्नुभयो ।
भारतीयहरुले पनि धेरै ठाँउमा बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गर्ने गरेका कारण विश्वमा भ्रम रहेको छ ।
पछिल्लो समय नेपालीहरुको अभियानका कारण विभिन्न देशमा यी पाठ्यक्रमहरु सच्चिने क्रम चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी