डिआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

डिआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

  • सोमवार, मंसिर १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.2K
    SHARES

काठमाडौं, १५ मंसिर । नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन ।

गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।

पोखरेल २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ