मंसीर १४ काठमाण्डौं । एक दिने नेपाल भ्रमण सकेर चीनीया रक्षा मन्त्री वेई फेंग्हे फर्किएका छन् । बिहान पौने १२ बजे काठमाण्डौं ओर्लिएका वेई फेंग्हेले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान सेनापति पूर्णचन्द्र थापासगँ भेटवार्ता गरेका थिए ।
सेनापति थापासगँको छलफलमा नेपाली सेनालाई यस अघि भएको सहमति अनुसारको २ अर्ब ४० करोड रुपैया सहायता उपलव्ध गराउने, सयुक्त सैन्य तालिम र शिक्षार्थी आदान प्रदान गर्ने बिषयमा रक्षा मन्त्री वेईले प्रतिवद्धता जनाएका थिए ।
यसै गरी प्रधानमन्त्रीसगँको छलफलमा नेपाल र चीनबीच भएका सम्झौताहरु कार्यन्वयन र द्धिदेशीय सम्बन्ध बिस्तारबारे कुराकानी भएको थियो । भने साँझ राष्ट्रपतिसगँ पनि सोही बिषयमा कुराकानी भएको थियो ।
यी भेट पछि फर्किएका रक्षा मन्त्री वेई फेंग्हेलाई गृहमन्त्री राम बहादुर थापाले बिदाई गरेका थिए ।