लाखौको ‘सुपारी’ दिएर आमा बुवाले नै गराए १७ बर्षिया छोरीको हत्या

लाखौको ‘सुपारी’ दिएर आमा बुवाले नै गराए १७ बर्षिया छोरीको हत्या

  • आइतवार, मंसिर १४, २०७७
  • सन्जय सहनी

  • 23.2K
    SHARES

१४ मंसिर, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा आफ्नै बुवाआमाले १७ बर्षिया विवाहिता छोरीको हत्या गराउन लाखौं रुपैया खर्च गरेको रहस्य खुलेको छ ।

माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहले आफ्नै छोरी १७ बर्षिया विवाहिता छोरी अमृता कुमारी साहको हत्या गराउन २ लाख ५० हजार खर्च गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सुतिरहेको अवस्थामा अमृताको दाहिने कन्चटमा गोली हानेर २६ कार्तिकमा हत्या भएको थियो । अमृता हत्याकाण्डको अनुसन्धान गरिरहेको रौतहट प्रहरीले घटनामा अभिभावकहरुकै सँलग्नता रहेको देखाएको जनाएको छ ।

प्राय भारतमा सुनिने ‘अनर किलिङ्ग’ अर्थात ईज्जत प्रतिष्ठाको लागी आफ्नै छोराछोरीको हत्या गर्ने घटना रौतहटमा घटेको छ । प्रेम सम्बन्धका कारण भएको हत्याकाण्ड पछि प्रहरीले मृतक अमृताको बाबु रामअयोध्या साह, आमा सीता देवी साह, परोहा ४ का छोटेलाल साह, देवाही गोनाही २ लक्ष्मिनीयाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।

मृतक अमृताको आफ्नै गाँउका थारु भनिने सोसिन्द्र भगत सँग प्रेम सम्बन्ध रहेको थियो । जात नमिल्ने केटा सँग प्रेम गरेको भन्दै अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साह संग अभिभावकले विवाह गराइ दिएका थिए । बिहे पछि पतिको घर पुगेको चौथो दिननै अमृताका श्रीमान रुपेश माथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाईते भएका रुपेशले तिन महिनाको उपचार पछि २०७७ साउन २५ गते जिल्ला अदालत मलंगवाबाट श्रीमति सँगको सम्बन्ध विच्छेद गराएका थिए । पत्नीको अरु केटा सँगनै सम्बन्ध रहेको थाहा पाएका रुपेशले सम्बन्ध विच्छेद पछि आफूलाई आक्रमण गर्ने सोसिन्द्र र श्रीमती अमृता समेतलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराएका थिए ।

कसरी घट्यो घटना ?  

जात नमिल्ने केटासँग प्रेम सम्बन्धको बारेमा थाहा पाएको परिवारजनले अमृताको विवाह सर्लाहीमा गराए । तर श्रीमान माथिनै आक्रमण भए पछि अमृताका श्रीमान रुपेशले सम्बन्ध विच्छेद गरेर श्रीमती अमृता र उनका प्रेमी सोसिन्द्र पासवान माथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराए ।

अमृता र सोसिन्द्रको सम्बन्ध परिवारजनलाई स्वीकार थिएन । ज्वाईले सम्बन्ध विच्छेद गरेर छोरीमाथि नै मुद्दा गरे पछि छोरी पक्राउ पर्दा इज्ज्त जाने डर, प्रेमी सोसिन्द्र सँग भागेर जाने डर, घरमै राख्दा पनि गाँउलेले प्रेमीको कारण श्रीमानले छोडेको भनेर कुरा सुनाउने गरेको र अपहेलित हुने कारणले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही २ का लक्ष्मण साहले हत्या गराउने निर्णय गरे ।

छोरी अृमतालाई मार्न बुबाले पहिलो पटक परोहा ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैंया दिए । हत्या गर्ने सुपारी लिएका छोटेलालले अमृतालाई भारतमा लगेर हत्या गर्ने शर्त राखेका थिए । योजना अनुरुप कार्तिक ९ गते महानवमिका दिन अमृतालाई उपचारको बहानामा भारत लग्ने र उतै मार्ने कुरा भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा असफल भयो र अमृता पुनः घर आइन ।

पहिलो प्रयास असफल भए पछि पुनः बुबा राम अयोध्याले छोरी मार्न देवाही गोनाही २ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैंया दिए । दोश्रो पटक पैसा दिए पछि २६ कार्तिकमा राति कैमुल देवानले बहुदल भन्ने इस्लाम अंसारी, शेख अलियास र शेख इम्ताजलाई सँगै लग्छन जसमध्ये कैमुल र बहुदलले अमृतालाई घर भित्रै गोली हान्छन भने अलियास र इम्ताजले आमा सिता देवीलाई घर पछाडी नियन्त्रणमा राख्छन ।प्रहरी उपरिक्षक शिद्धि विक्रम साहहले घटनाबारे बताए ।

पति वा छोरी मध्ये एक रोज्न बाध्य सीता 
मृतक अमृताकी आमा सीतालाई छोरी मार्ने कुराको सबै जानकारी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । “पति राम अयोध्याले पत्नी सीता देवीलाई आफू वा छोरी मध्ये एक जना रोज्न लगाएको देखिन्छ ।” उपरिक्षक शाहले भने “छोरीको कारण बदनाम भएर नबाच्ने भन्दै आफू झुण्डीएर मर्ने वा छोरीलाई मार्ने यी दुई मध्ये एक उपाय रोज्न सीता देवीलाई श्रीमानले बाध्य बनाएको देखिन्छ ।”

योजना अनुरुपनै २६ कार्तिकको राति आमा सीता देवीले छोरी अमृतालाई आफू सँग सुत्न लगाएको र राति ढोका खुल्ला राखेकी थिइन । हत्या गर्न आएका कैमुल देवान सहितका चार जना मध्ये दुई जनाले आमा सीता देवीलाई घर पछाडी लगेर राखेको र कोठा भित्र दुई जनाले अमृतालाई गोली हानेको अपराध अभियुक्तहरुले स्वीकार गरेको उपरिक्षक शाहले बताए ।
कुनै फिल्मी कथा जस्तो लाग्ने यस घटनाका अर्का अभियुक्त कैमुल देवानलाई आइतवार दिउसो सर्लाही बाट पक्राउ गरेको उपरिक्षक शाहले बताए । घटनाको आरोपमा सात जनालाई पक्राउ गरि रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ