मंसीर १४ काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि सबै भन्दा उच्च स्तरीय चीनीया अधिकारी आज नेपाल आउदै छन् । नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका रक्षामन्त्री वेई फेङ्हे आज आउन लागेका हुन् ।
चिनियाँ राष्ट्रपति सीले सन् २०१९ अक्टोबर (१२–१३) मा नेपाल भ्रमण गरेका थिए ।
रक्षामन्त्री वेईको आइतबार हुने भ्रमणले कोभिड–१९ का कारण रोकिएका सहकार्य र परियोजनाहरु पुनः सुचारु गर्ने र रक्षा मामलामा सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ ।
कुटनीतिक मामलाका जानकारहरुले सि पछिको शक्तिशाली नेताको भ्रमणले चीनले नेपाललाई महत्व दिएको स्पष्ट हुने बताएका छन् ।
चीनले भारत र अमेरीकासँग तनाव बढीरहेका बेला नेपालसगँको रक्षा सहकार्यलाई पनि महत्व दिएको बताईन्छ । तिव्वत मामलामा पनि नेपाल चीनका लागि अति महत्वको रहेकाले नेपालसगँ चीन सदैब सकारात्मक सम्बन्धको पक्षमा रहने गरेको यस क्षेत्रका जानकारहरुको बुझाई छ ।
आज रक्षा मन्त्री वेईले चीन नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं बर्षगाँठका अवसरमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने राष्ट्रपति, प्रधानमन्त्री लगायतकासगँ भेटवार्ता समेत गर्नेछन् ।
भारतीय प्रमुख जासुसी संस्था रअका पमुख सामन्त गोयल, भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमण पछि चीनीया रक्षा मन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन् । उनी आजै साँझ चीन फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।