मंसीर १० काठमाडौँ । अनेक विवाद र तनाव बढीरहेका बेला नेकपाको सचिवालयको बैठक बालुवाटारमा शुरु भएको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले यस अघि पेश गरेको १९ पृष्ट लामो प्रतिवेदनमा आफूमाथि लागेका आरोपहरुको खण्डन सहित पार्टी एकता, सरकार आदि विषयमा धारणा समेत उल्लेख गरेर ओलीले जवाफको रुपमा अर्को प्रतिवेदन पेश गर्दैछन् ।
अध्यक्षको प्रतिवेदनमा लगाईएका आरोप पत्र जस्तो रहेकाले फिर्ता लनु पर्ने माग गर्दै ओली पक्षले अडान राखे पनि बहुमत रहेकाले प्रचण्डले प्रस्ताव फिर्ता लिन नमाने पछि मंसीर ३ गतेको बैठकमा अध्यक्ष ओलीले जवाफका लागि समय माग गरेका थिए । त्यसै दिनको सहमति अनुसार आज बैठक बस्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline