चीनीया रक्षा मन्त्री नेपाल आउदै

चीनीया रक्षा मन्त्री नेपाल आउदै

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

मंसीर १३ काठमाण्डौं । नेपालमा हालै भारतीय प्रमुख जासुसी संस्था रअका प्रमुख, सेना अध्यक्ष र विदेश सचिवको भ्रमण सकेर उनीहरु फर्किएका छन् ।
यसले कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भुभाग अतिक्रमण गरेको भारतसँग नेपालले वार्ताबाट समस्याको समाधान गर्न सन्देश सम्म दिएको छ । संवादहीनताको अन्त्य भएर सकारात्मक सुरुवात भएको अर्थमा पनि विज्ञहरुले हेरेका छन् ।
त्यस लगत्तै नेपालमा छिमकी मुलुक चीनबाट पनि उच्चस्तरीय भ्रमण हुने भएको छ । यसै सिलसिलामा भोली चीनीया रक्षा मन्त्री वेई फेगें नेपाल आउदैछन् ।
गत वर्ष चीनीया राष्ट्रपति सि जिन पिगंको भ्रमण पछि हुन लागेको यो सबै भन्दा उच्च स्तरीय चीनीया अधिकारीको भ्रमण हो ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी चीनीया रक्षा मन्त्री चीन नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं बर्षगाँठको अवसरमा नेपाल आउन लागेको जनाएको छ ।
भोली चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको ६५ बर्ष पुरा हुँदै छ । यस अवसरमा विभिन्न कार्य्रमहरु समेत हुनेछन् ।
चीनीया रक्षा मन्त्री वेईले राष्ट्रपति, प्रधानमन्त्री लगायतकासगँ समेत भेटघाट गरी रक्षा सहयोग, द्धिपक्षीय सहयोग र हितका बारेमा छलफल गर्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ